5:20 AM

Home Page

Posted by Hari Khanal

झन्डै दुर्घटना
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार लोकतन्त्र दिवसका अवसरमा सबैसँग हात मिलाएर अगाडि बढ्ने बताए। टुँडिखेलमा आयोजित समारोहमा उनले प्रधानसेनापति रुक्मांगद कटवालसँग पनि मुस्कुराउँदै हात मिलाए । तर के उनीहरूको सम्बन्ध यस्तै हार्दिक छ ? दुई दिनअघिसम्म त बोलचाल पनि हुन नसक्ने अवzस्था थियो।Read more

सेनाका ३ पात्र
खिम घले
काठमाडौं,रुक्मांगद कटवाल हटाई नेपाली सेनाको दोस्रो वरीयताका कुलबहादुरखडकालाई प्रधानसेनापति नियुक्ति गर्ने माओवादी प्रयास सार्वजनिक भएपछि यी दुई जना चर्चाको शिखरमा छन्। सैनिक वृत्तमा भने दुई होइन, तीन पात्र छन् । तेस्रा पात्र हुन्, बलाधिकृत रथी छत्रमानसिंह गुरुङ। अघिल्ला दुई पात्र जस्तो राजनीतिक र कूटनीतिक 'लविङ' ले होइन, मुखैमा आउन लागेको सेनापति पद अर्कैले खोस्न लागेपछि गुरुङ चर्चित भएका हुन् ।Read more

एमाले अब कता ?

राजेन्द्र फुयाल
काठमाडौं, आन्तरिक राजनीतिमा दुई धु्रवमा रहेका एमाले नेताहरू सेनापतिलाई स्पष्टीकरण प्रकरणमा 'लगभग' एक ठाउँमा उभिएका छन्।नागरिक प्रशासनकोे सर्वोच्चता र प्रचलित कानुनअनुसार सरकारले प्रधानसेनापतिलाई प्रस्टीकरण सोध्न सक्छ भन्नेमा उनीहरूको एकमत देखिएको छ। तर राष्ट्रियराज नी
तिको प्राथमिकता सेनापति हटाउनु नभएको उल्लेख गर्दै उनीहरूले माओवादी व्यवहारका कारणदक्षिण प
न्थी शक्तिलाई फाइदा पुगेको विश्लेषण गरेका छन् ।Read more

के-के भयो सेनाभित्र ?

सुधीर शर्मा
काठमाडौं, हरेक साता बस्ने नेपाली सेनाको 'पmाइडे मिटिङ' मा बिहीबार जे भयो,त्यस्तो पहिले सायदै भएको थियो। शुक्रबार बिदा परेकाले अघिल्लै दिन बोलाइएको बैठकमा केही जर्नेलले आफ्नै एक वरिष्ठ सहकर्मीमाथि तीव्र प्रहार गरे। उनी थिए, रथी कुलबहादुर खड्का,जसलाई माओवादी नेतृत्वको सरकारले रुक्मांगद कटवालको ठाउँमा प्रधानसेनापति बनाउन चाहेकोछ । बैठकको सुरुमै युद्धकार्य महानिर्देशक डीजीएमओ गौरवशमशेर राणाले सेनामा सुनामी ल्याउन खोजिएको उल्लेख गर्दै भने,' सेनालाई सिध्याउन खोज्ने भाइरस यहीकोठाभित्र छ।'अनि नम्बर १ बाहिनीका प्रमुख हिमालय थापाले थपे,समस्याको मूलजरो हामीभित्रै छ,त्यसलाई खोज्नुपर्छ र समाप्त पार्नुपर्छ।दुवैको संकेत रथी खडकातर्फ थियो।Read more

डढेलो निभाउन जाँदा १३ सैनिक जले

टीका भट्ट
रामेछाप, रामेछाप अस्पताल नजिक लागेको डढेलो निभाउन गएका १३ सैनिकको बिहीबार जलेर मृत्यु भएको छ ।अस्पताल नजिकै डढेलो आइपुगेपछि नियन्त्रण प्रयास गर्दागर्दै उनीहरूको मृत्यु भएको हो । नियन्त्रणमा गएका एक सैनिक र एक प्रहरी सुरक्षित छन्। डाँडास्थित अस्पतालको दक्षिणी पाटोबाट आगो लाग्दै आएपछि ती सैनिकहरू आगो आएकोतर्फ -ओरालो) निभाउँदै झर्दै थिए।घटनास्थलमा पुगेका सुरक्षाकर्मीका अनुसार सुकेका सल्लिपिर र रूख बाक्लो भएको स्थानमा रहेको एउटा सानो खोल्सीमा पुगेका ६ सैनिक एकै स्थानमा जलेको अवस्थामा पाइएका थिए। अरू शव भने यत्रतत्रबाट संकलन गरिएको थियो। सबै शव चिह्न नसकिने गरी डढेका थिए । तलबाट माथि आउँदै गरेको आगोको लप्काले भेटेपछि उनीहरूले भाग्ने मौका नपाएको अनुमान छ।Read more

I Never Knew But Now That I Do.
I never knew what love was until u came into my life,
I never knew what real heartbreak was until u broke mine,
I never knew I could cry this much till u made me sad,
I guess I never really knew much about love,Read more

4 comments:

mahesh said...

hari g i'm mahesh from kerunga. your blog is super. i like this and want to be in contact wiht you. waiting your response

Hari Khanal said...

Sir thank you for comment. i was unable to update my blog sorry for late responce....

Hari Khanal said...

Sir thank you for comment. i was unable to update my blog sorry for late responce....

Anonymous said...

defgtyhujik

Post a Comment